समय : ०८:१५ pm | आइतबार , वैशाख २७ गते २०८३

स्वास्थ्य बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनेगरी व्यवस्था गर्न सांसदको माग

अर्थ विशेष | भाद्र २६ गते २०८१

काठमाडौं। सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकनै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

'हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍यो भन्दै आएका छन, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ', सांसद पोख्रेलले भने।

सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानबारे संसदमा स्मरण गरे।सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानि रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानूनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए।

सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा संघले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्