समय : ०९:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सानिमा बैंकका ग्राहकहरुलाई दूसितथानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था

अर्थ विशेष | श्रावण २२ गते २०८१

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्