समय : ०१:२२ am | आइतबार , असार ६ गते २०८३

सेबोनले बजेटपछि मात्रै अध्यक्ष पाउने

अर्थ विशेष | जेठ २ गते २०८१

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) तीन महिना बढी समयदेखि नेतृत्व विहीन छ सेबोन नेतृत्व विहिन हुँदा पाईपलाईमा भएका साधारण शेयर देखि अन्य थुप्रै कामहरु रोकिएका छन्।

राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अहिले बजेटमा व्यस्त हुनु पर्ने भएकोले सेबोनको अध्यक्ष बजेटपछि मात्रै नियुक्त हुने धारणा राखेका हुन् ।‘सेवोनको अध्यक्ष मेरो कारणले ढिलाइ भएको होइन, मैले जिम्मेवारी लिएर ढिलाइ भएको यो पहिलो पटक हो, बजेट आउनासाथ याे काममा लाग्छौं,’ उनले भने ।

सरकारले सेबोनको अध्यक्ष सिफारिसका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादूर श्रेष्ठको संयोजकत्वमा बनाएको समितिले ५ जना संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेकाको नाम सार्वजनिक गरिसकेको छ । जसमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्