पोखरा । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।
ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरा फाइनान्स र काष्ठ परिष्करबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिष्करबाट फर्निचर खरिद गरी फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सहकार्यबाट आफ्ना खातावालालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास पोखरा फाइनान्सले व्यक्त गरेको छ ।
फाइनान्सले हाल देशभर ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ र सीआईएसलगायत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायत डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको फाइनान्सले जनाएको छ ।










