समय : १०:५५ am | मङ्गलबार , असार २३ गते २०८३

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार २३ गते २०८३

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । यसरी आवेदन दिदा के कति कित्ता सेयर खरिद गर्न चाहने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्