समय : ०६:३३ pm | सोमबार , जेठ २५ गते २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी

अर्थ विशेष | जेठ २५ गते २०८३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् ।

सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उहाँ विजयी भएका हुन् अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डॉगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत)र कोषाध्यक्षमा धनमायाँ सिन्जाली (३२३ मत) प्राप्त गरी विजयी भएका छन् ।

सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्