समय : ०१:३७ pm | मङ्गलबार , जेठ ५ गते २०८३

आज पनि बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | जेठ ५ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज जेठ ५ गते मंगलबार सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४० सय रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्