समय : ०६:०५ pm | सोमबार , भाद्र १ गते २०८३

करदाता प्रोत्साहन पुरस्कार ः आज दोस्रो चरणका विजेताको छनोट

अर्थ विशेष | भाद्र १ गते २०८३

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्याय मार्फत पुरस्कार घोषणा गर्ने भएको छ ।

१६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् ।

विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ता संख्यामा उछाल आएको छ । १६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।

यसअघि साउन पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो । यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३ सय ८० पुगेको छ ।

विभागका अनुसार पछिल्लो १६ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २ सय २९ पुगेको छ । यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिने छ ।

जसमा १६ देखि ३१ साउनसम्म १६ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै यी सबैमध्येबाट एक जनाले बम्पर उपहार स्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने छ । आजको कार्यक्रममा साउन पहिलो पाक्षिकमा उपहार जित्नेलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्