म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ ।
प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताएका छन् ।
छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनलेले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए । अहिले घर फर्किएर दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । ‘अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु’, उनले भने ।
छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनलेले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए । अहिले घर फर्किएर दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । ‘अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु’, उनले भने ।
चार वर्ष हुलाकमा काम गर्नुभएका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रुपमा काम गरेका थिए ।
‘तलबभत्ताले आफु मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ । त्यहाँ छ वर्ष काम गरे,’ उनले भने ।
केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गरेका उनले २०७७ सालमा २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गरेका थिए । तर अपेक्षाकृत रुपमा सफलता हात नपरेपछि उनले केही समय भेडापालन पनि गरे । पछिल्लो समय पोखरामा रेष्टुरेष्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उनको भनाइ छ । उनले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैसी र एउटा गाई पनि पालेका छ भने एक जनालाई नियमित जागिर पनि दिएका छन् ।
कृषि पर्यटनको अवधारणा
गाजनेमा रहेको धार्मिक र ऐतिहाँसिक स्थल जगन्नाथ मन्दिर दर्शन तथा गुफाको डाँडाबाट दृष्य अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर स्याउ बारीसँगै ‘होमस्टे’ सञ्चालन गर्ने योजना रहेको उनले बताए । मन्दिर दर्शनका लागि आएका भक्तजन र गुफाडाँडा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी कृषि पर्यटनको अवधारणामा आगामी दसैँदेखि होमस्टे सञ्चालनको लक्ष्य रहेको उनको भनाइ छ ।
यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी हिमाल, म्याग्दी, पर्वत र बागलुङका बस्तीह देख्न सकिन्छ । तत्कालीन बाइसे चौबिसेअन्र्तगत पर्वत राजको ग्रिमकालीन दरबार रहेको ढोलथान पनि गाजनेको नजिकै पर्छ ।










