समय : ०१:५२ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

अर्थ विशेष | वैशाख ४ गते २०८३

काठमाडौँ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।

कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो।

कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पुर्याउनु परियोजनाको लक्ष्य हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्