समय : ०६:५० pm | बिहिबार , वैशाख ३ गते २०८३

लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी

अर्थ विशेष | वैशाख ३ गते २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय आजै कांग्रेस संसदीय दलले गरेको थियो ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्