काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुन नसकेको बताए।
नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिए। चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाएका थिए। राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो।
यसैबीच, नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा)ले युवा लक्ष्यित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मत सम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गरे










