समय : ०४:१३ pm | सोमबार , वैशाख ७ गते २०८३

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

अर्थ विशेष | श्रावण २१ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । १९ सय रुपैयाँले बढेको सुनको मूल्य उक्त दिन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०५ रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्