समय : ११:४३ am | बुधबार , भाद्र १० गते २०८३

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

अर्थ विशेष | भाद्र १० गते २०८३

काठमाडौँ । नेपाल सरकारका तर्फबाट संसद्मा प्रस्तुत हुने विषय र समसामयिक राजनीतिक तथा विकास निर्माणका सवालमा सांसदहरूले सोधेका जिज्ञासाको उत्तर दिन प्रधानमन्त्री शाह रोष्ट्रममा उभिन लागेका हुन्।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ मा व्यवस्था भएबमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिनेछन्।

आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूका ११ वटा मुख्य प्रश्नको उत्तर दिने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।

मुस्लिम आयोगको प्रतिवेदन र विद्युत् व्यापार सम्झौता संसद्मा प्रस्तुत हुने

आजको बैठकमा प्रश्नोत्तरका अतिरिक्त अन्य दुई महत्वपूर्ण कार्यसूची पनि समावेश गरिएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको ऐतिहासिक दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नेछन्। यस सम्झौताले आगामी दिनमा दुई देशबीचको ऊर्जा व्यापारलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभा बैठकका अलावा आज संसद्का विभिन्न विषयगत समितिका बैठकहरूसमेत बस्दैछन्। सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने तय भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्