समय : ०६:३० am | बिहिबार , वैशाख १७ गते २०८३

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

अर्थ विशेष | फागुन २८ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५७१.४१ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १९८९.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता २२७३ रुपैयाँ थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्