समय : ११:१३ am | शनिबार , वैशाख १९ गते २०८३

सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, कति ल्याउँदैछ ?

अर्थ विशेष | माघ १८ गते २०८१

काठमाडौं । सिटी होटलले हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनी सचिव जेलिना महर्जनका अनुसार हकप्रद शेयर बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा सिटी होटल र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सिटी होटलको गत पुस २६ गते सम्पन्न नवौँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

होटल सञ्चालक समितिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.८ अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको छ। होटलको ऋण चुक्ता गर्न हकप्रद ल्याउने निर्णय गरिएको होटलले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्