समय : १०:४५ pm | बिहिबार , वैशाख २४ गते २०८३

कामना सेवा फुटसल कप सिजन ४ सम्पन्न

अर्थ विशेष | कार्तिक २५ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ ।
पुरुषतर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउदै उपाधी जितेको छ ।

त्यसैगरि, महिलातर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बंैकका तर्फबाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्रि नारायण अधिकारीलाई बल हस्तान्तरण गरि कार्यक्रमका शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ कुल १४ र महिलातर्फ कुल ७ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्