समय : १०:४५ pm | बिहिबार , वैशाख २४ गते २०८३

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २५ गते २०८१

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ । यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाउनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्