समय : ०७:०५ am | शुक्रबार , वैशाख २५ गते २०८३

सात वर्षमा पूरा भयो २० केभी क्षमताको चिलिमे-त्रिशूली प्रसारण लाइन

अर्थ विशेष | कार्तिक २० गते २०८१

रसुवा । छ वर्ष १० महिनामा चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ।

भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ मा सम्पन्न भएको हो।

। नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो। त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

उक्त प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ।

प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र अब परीक्षण प्रसारण थालिने जानकारी दिए।

प्रसारण लाइनको कूल लागत तीन अर्ब ६२ करोड रूपैयाँ बराबर छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो। भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो।

प्रसारण लाइन पूरा भएसँगै एक सय ११ मेगावाट रसुवागढी, ४२ दशमलव पाँच मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान, त्रिशूली थ्रिबिको ३७ दशमलव तीन मेगावाट बराबरको आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्