समय : ०७:५७ am | शुक्रबार , वैशाख २५ गते २०८३

दुई हजार आठ सयले घट्यो सुन

अर्थ विशेष | कार्तिक २० गते २०८१

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्