समय : ११:२३ am | शुक्रबार , वैशाख २५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | कार्तिक १५ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत कात्तिक १४ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ०९० रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्