समय : ०१:५९ pm | शुक्रबार , वैशाख २५ गते २०८३

नबिल बैंकले घोषणा गर्यो लाभांश

अर्थ विशेष | कार्तिक १४ गते २०८१

काठमाण्डौ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । बैठकले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित( प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्