समय : ११:२४ am | सोमबार , असार ८ गते २०८३

लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

अर्थ विशेष | असार ८ गते २०८३

रुपन्देही । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन् । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन् ।

त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले‘आर्थिक वर्ष २०८३–८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्