समय : ०१:३३ pm | आइतबार , जेठ ३१ गते २०८३

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

अर्थ विशेष | जेठ २९ गते २०८३

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको १ प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन्।

मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको १ प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन्।

‘देशलाई समृद्ध बनाउन नगरी नहुने महत्त्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्नेछ’, उनले भने, ‘देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने/गराउने भन्ने संस्कार संघीय, प्रदेश र स्थानीय सरकारसहित आमनेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्