समय : १०:५५ pm | मङ्गलबार , जेठ १९ गते २०८३

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

अर्थ विशेष | जेठ १९ गते २०८३

पर्सा। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै  सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ। जबकी गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए।

उनले यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा रु चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो।

यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसी/राजमा आयात भएको छ। गत वर्ष सोही अवधिमा भने रु दुई अर्ब ७४ करोडकोे सिमी/राजमा आयात भएको थियो।

चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोडको आयात भएको थियो।

चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा रु ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्