काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइृधनीले २ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।










