काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको सुनको भाउ आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ८ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम थियो ।आज १० ग्राम सुनको भाउ भने २ लाख ५२ हजार ७४५ रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको छ ।










