समय : ०९:२६ am | आइतबार , जेठ ३ गते २०८३

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ३ गते २०८३

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ । निर्धारित मितिभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्