समय : ०३:४५ pm | शनिबार , मंसिर २७ गते २०८२

आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ नोट

अर्थ विशेष | मंसिर ११ गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट चलनचल्तिमा ल्याएको छ। 

राष्ट्र बैंकका अनुसार नोटको मध्यभागमा नेपालको नक्सा हुनेछ। 

नोटको बाँकी विशेषता यसअघि कै अनुसार रहेको छ। नोटमा पुर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। 

त्यस्तै, आशोक स्तम्भको चित्र रहेको नजिकमा दृष्टिविहिनले समेत छामेर पत्ता लगाउन सक्ने कालो थोप्लो राखिएको छ। 

२ मिमि (मिलिमिटर) चौडा भएको यो नोटमा रहेको सुरक्षण धागो रङ परिवर्तन हुने किसिमको छ। 

नोटलाई सिधा हेर्दा यो सुरक्षण धागो रातो रङको र ढल्काएर हेर्दा हरियो रङको देखिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्