समय : ०२:२६ am | मङ्गलबार , पौष २८ गते २०८२

सुनको मूल्य पुनः हालसम्मकै उच्च कायम

अर्थ विशेष | पौष २७ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ पुनः हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको वृद्धि भएको छ । यो वृद्धिसँगै एक तोला सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । गत पुस १३ गते पनि सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ८ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्