समय : १०:०९ pm | बुधबार , वैशाख ३० गते २०८३

सुनको मूल्य बढ्यो

अर्थ विशेष | जेठ १६ गते २०८२

काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले महङ्गिएको हो ।
यससँगै सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्