समय : ०८:२१ am | बिहिबार , वैशाख ३१ गते २०८३

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अर्थ विशेष | जेठ १४ गते २०८२

काठमाडौँ ।मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्