समय : ०८:२० am | बिहिबार , वैशाख ३१ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावट

अर्थ विशेष | जेठ १३ गते २०८२

काठमाण्डौ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९१ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ७ सयले ओरालो लागेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्