काठमाडौं। बिहीबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रूपैयाँले बढेको छ।बुधबार प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ६० हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।यो साता बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो










