समय : १०:२७ am | बुधबार , कार्तिक १९ गते २०८३

नबिल बैंकद्वारा लाभांश नबुझेका सेयरधनीलाई सम्पर्क गर्न आग्रह

अर्थ विशेष | कार्तिक १९ गते २०८३

काठमाडौं। नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ।
बैंकले सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा बैंक विवरण नमिलेको, सेयर धितोमा रहेकोलगायत कारणले लाभांश भुक्तानी हुन नसकेका सेयरधनीलाई सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न भनेको हो ।

बैंकको ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले असोज २२ गतेदेखि नगद लाभांश वितरण सुरु गरेको जनाएको छ ।

यसअघि वितरण गरिएका लाभांशसमेत केही सेयरधनीले दाबी नगरेको बैंकले जनाएको छ । साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकका सेयरधनी तथा हकवालालाई पनि बाँकी लाभांश लिन सेयर रजिस्ट्रार कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्