समय : ०१:५७ pm | शुक्रबार , असाेज १६ गते २०८३

साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फको ब्याजदर

अर्थ विशेष | असार ३२ गते २०८२

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये साउन महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदर घटाएका छन् भने दुई वटा वाणिज्य बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर भने असारको तुलनामा यथावत रहेको छ ।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ असार महिनाको तुलनामा साउन महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने आठ वटा वाणिज्य बैंकले यथावत राखेका छन् । एउटा वाणिज्य बैंकले भने बढाएको छ ।

वाणिज्य बैंकहरूमध्ये साउन महिनामा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६.२६ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा कम ब्याजदर प्रभु बैंकले जम्मा ४.२५ प्रतिशत दिने भएको छ ।

साउन महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ ५.६९७५ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ४.११३ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

साउन महिनाका लागि बैंकहरूले कायम गरेको मुद्दतितर्फको ब्याजदर

वाणिज्य बैंक  मुद्दतितर्फ साउन महिनाको ब्याजदर
व्यक्तिगतसंस्थागत
स्टान्डर्ड चाटर्ड६.२६३
एभरेष्ट६.२५५.२५
एनआईसी एशिया६.२५५.२५
सानिमा६.१८६
प्राइम कमर्सियल६६
माछापुच्छ्रे६६
ग्लोबल आइएमई६.१८६
एनएमबी६६
हिमालयन६६
सिद्धार्थ५.७५४.७५
कुमारी५.६१४.०१
राष्ट्रिय वाणिज्य बैंक५.५४
नविल बैंक५.५४.०५
लक्ष्मी सनराइज५.५४.५
सिटिजन्स इन्टरनेशनल५.५३
कृषि विकास५.४३.५
नेपाल बैंक५.४३.७५
नेपाल एसबीआई५.३५४.३५
नेपाल इन्भेष्टमेन्ट मेगा५२५४.२५
प्रभु४.२५३.२५
औसत ब्याजदर५.६९७५४.११३

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्