समय : ०४:०४ pm | शुक्रबार , श्रावण २ गते २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको १.२९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार १० गते २०८२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यसमध्ये बैंकले १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्