समय : ०१:१२ am | शनिबार , वैशाख २५ गते २०८३

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

अर्थ विशेष | कार्तिक ५ गते २०८१

पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। । गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले ३९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

यद्यपि कार्यालयले चालु आवको असोजसम्म ५२ अर्ब ९९ करोड ६३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्