समय : ०३:४२ am | शनिबार , वैशाख २५ गते २०८३

सुनको मूल्यः प्रतितोला रु दुई हजारले बढ्यो

अर्थ विशेष | कार्तिक २ गते २०८१

काठमाडौँ। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्