समय : ०७:३८ pm | शनिबार , वैशाख २६ गते २०८३

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ विशेष | असाेज १४ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् । प्रस्तावित लाभांश बैंकको आगामी असोज ३० गते आयोजना हुने बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्