समय : ०७:४० pm | सोमबार , चैत्र ९ गते २०८२

पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात

अर्थ विशेष | भाद्र १३ गते २०८१

पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो ।देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उनले जानकारी दिए ।

यस नाकाबाट निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको व्यवसायीले बताएका छन् । जिल्लामा रहेका आठवटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा छन् । चालु रहेका पाँच वटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बताए। उनले उत्पादनको ४० प्रतिशत सिमेन्ट खपत हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बताए । यहाँ उत्पादित ५० प्रतिशत सिमेन्ट विदेश निर्यात गर्न सके मात्र उद्योग सञ्चालन गर्न सकिने डालमियाको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्