कामना सेवा विकास बैंकले शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ।
प्रशान्ति टोल विकास संस्थाले स्वच्छ वातावरण कायम गर्ने लक्ष्यका साथ “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” भन्ने कार्यलाई सार्थक तुल्याउन कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो ।
कम्पनीको कोशी प्रदेशका प्रमुख मोहन दत्त खनालले ती गमला उक्त संस्थाका अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।सो अवसरमा अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा धन्यवाद दिए ।उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अन्य संस्थाका व्यक्तित्वको उपस्थिति थियो।
यससँगै कम्पनीले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने पनि बताएको छ।