समय : १०:४६ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण १७ गते २०८१

काठमाडौं। बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।मंगलबार स्थिर रहेर बुधबार प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ४९ हजार चारसय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय ५० रूपैयाँ कायम छ।

यो साता आइतबार तोलामा एक हजार रूपैयाँ र सोमबार चारसय रूपैयाँले बढेको थियो।चाँदीको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला २० रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय रूपैयाँ तोकिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्