समय : ०७:५१ pm | सोमबार , पौष ८ गते २०८१

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

अर्थ विशेष | श्रावण १६ गते २०८१

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमाकार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट वाणिज्य प्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्