समय : १०:५७ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

बाढीले कुश्माका ४५ घर जोखिममा

अर्थ विशेष | श्रावण १६ गते २०८१

पर्वत- गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्।कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यानसहितको बाढीले पुरिएपछि सिंगो बस्ती नै जोखिममा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका-४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गंगाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पुर्‍याएको हो भने अन्य घर जोखिममा परेका हुन्।

कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यानसहितको बाढीले पुरिएपछि सिंगो बस्ती नै जोखिममा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका-४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गंगाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पुर्‍याएको हो भने अन्य घर जोखिममा परेका हुन्।यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ। गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो। ठूलो मात्रामा थुप्रिएको ढुंगामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहको र अहिले एकतर्फीरुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिए।

कुश्मा-३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो। बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिंगो बस्ती नै त्रसित बनेको छ। कुश्मा-४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताए। बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए।

यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताए। नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए।

उनले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताए। जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने पनि उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्