समय : ११:३५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा

अर्थ विशेष | श्रावण १४ गते २०८१

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा– २ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट साउना १३ गतेदेखि सो स्थानमा एउटा नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।
बंैकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के,बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्