समय : ११:३५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | श्रावण १४ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन पनि यहि दर कायम थियो ।
आज एक यूरोको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८६ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.७० रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४३ रुपैयाँ र बिक्रीदर १८.५२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.७० रुपैयाँ र बिक्रीदर २८.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.४७ रुपैयाँ र बिक्रीदर ४३९.४४ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्