समय : १२:१९ am | बुधबार , वैशाख २९ गते २०८३

सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त

अर्थ विशेष | श्रावण १० गते २०८१

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चन्दलाई कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्