समय : ०४:४४ am | सोमबार , कार्तिक १६ गते २०८२

१ हजार युवालाई सहुलियत दरको स्टार्टअप कर्जा

अर्थ विशेष | जेठ २ गते २०८१

सरकारले आगामी आर्थिक वर्ष २०८१र ०८२ मा १ हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अगामी आवमा नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने नीति समेत सरकारले लिएको बताए ।

उनले स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिने उल्लेख गर्दै निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअप विकास र प्रवर्द्धन गरिने बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्