विराटनगर। कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कुल १७ करोड ३१ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको छ।उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।
उनका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारबाहीमा परेका थिए। उक्त कारबाहीबाट १८ करोड एक लाख ५९ राजस्व संकलन भएको थियो।सो अवधिमा तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो। छ हजार छ सय ४८ जना घाइते भएका थिए।










